11/09/2026
दुःखद् घडीमा साथ र सेवा।
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट लगायत विभिन्न क्षेत्रमा प्रभावित परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। 🕊️
बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा गहिरो समवेदना।
यस कठिन समयमा रसुवाको उत्तरगया गाउँपालिकाबाट उद्धार गरिएका बाढी प्रभावितहरूलाई karuna care को व्यवस्थापनमा संचालित Tamang Plaza Holding Centre मा हामिले निशुल्क हल तथा आवश्यक सहयोग उपलब्ध गराउँदै आएका छौँ।
यो दुःखको घडीमा हामी सबै एकजुट बनौँ।
आफ्नो क्षमताअनुसार सक्दो सहयोग गरौँ।
❤️ पीडामा साथ दिऔँ, मानवताको हात बढाऔँ।
हामी फेरि उठ्नेछौँ, सँगै उठ्नेछौँ। 🙏🕊️