28/08/2026
होटल ओपेरा, भरतपुर (चितवन)
सानो सहयोग = #बाढी प्रभावित परिवारका लागि #निःशुल्क बासको व्यवस्था
हालै रसुवा लगायत देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढी-पहिरोका कारण ज्यान गुमाउनुभएका, बेपत्ता हुनुभएका तथा प्रभावित हुनुभएका आफ्ना आफन्तजनको खोजी तथा अन्य आवश्यक कामका सिलसिलामा चितवन आउनुहुने बाढी पीडित परिवारजनका लागि होटल ओपेराले निःशुल्क बास (आवास) को व्यवस्था गरेको छ।
होटल व्यवसायी संघ चितवनको सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई आत्मसाथ गर्दै, यस संकटको घडीमा होटल ओपेराले आफ्ना तर्फबाट बाढी प्रभावित परिवारलाई हिजो, आज, भोलि वा जबसम्म आवश्यक पर्छ—तबसम्मका लागि निःशुल्क बासको सुविधा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ।
चितवन आउनुहुने प्रभावित परिवारहरूले कुनै संकोच नमानिकन हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ।
यो विपत्को समयमा हामी तपाईंहरूकै साथमा छौँ। कृपया यो सन्देश आवश्यक व्यक्तिहरूसम्म पुर्याउन सहयोग गरिदिनुहोला।
सम्पर्कका लागि:
📍 स्थान: होटल ओपेरा, भरतपुर, चितवन
📞 सम्पर्क नं.: [056-595170] [9845721930](9865482663) {9855067257}