01/07/2025
जल तथा मौसम विज्ञान विभागले विभिन्न जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखाएको छ। विपद् व्यवस्थापन प्राधिकरणले सतर्कताका लागि सम्बन्धित ठाउँमा आह्वान गरेको छ । बाढी, पहिरो र डुबानबाट बच्न सतर्क रहौं ।
- अत्यावश्यक बाहेक यात्रा नगरौं ।
- मौसमको अद्यावधिक सूचनामा ध्यान दिउँ ।
- नदी किनार, पहाडी क्षेत्रका बासिन्दाले विशेष सतर्कता अपनाउँ ।
- स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वयंसेवकसँग समन्वयमा रहौं।