The Funformation Hub

The Funformation Hub The Funformation Hub
Where fun meets information. We deliver engaging, educational ,news and entertaining content to spark your curiosity every day.

Quiet and peaceful place to enjoy the pure, fresh and authentic Japanese meal that serves the Japanese lunchbox, sushi and many more. Never leaves you unsatisfied and you and your tummy gets happy��

23/05/2026

Qatar Airways बाट अमेरिका देखि नेपाल फर्किँदै गर्दा तातो Coffee पोखिएर घाइते भएकी एक नेपाली यात्रुलाई २ करोड ६१ लाख रुपैयाँ क्षतिपूर्ति दिन उपभोक्ता अदालतले आदेश दिएको छ!

Hami nepalilai badhai B***n teamlai badhai🤝
27/03/2026

Hami nepalilai badhai B***n teamlai badhai🤝

27/03/2026

आजबाट बनेका नयाँ सरकारका मन्त्रीहरु :

1. बालेन शाह -प्रधानमन्त्री
2. सुदन गुरुङ -गृहमन्त्री
3. स्वर्णिम वाग्ले -अर्थमन्त्री
4. शिशिर खनाल -परराष्ट्रमन्त्री
5. सोबिता गौतम - कानुन मन्त्री
6. विराजभक्त श्रेष्ठ -ऊर्जा मन्त्री
7. सुनिल लम्साल -भौतिक पूर्वाधार मन्त्री
8. अमरेश सिंह -उद्योग मन्त्री
9. विक्रम तिमिल्सिना -सञ्चार मन्त्री
10. सस्मित पोखरेल -शिक्षा मन्त्री
11. निशा मेहता -स्वास्थ्य मन्त्री
12. गिता चौधरी -कृषि मन्त्री
13. गणेश पौडेल -पर्यटन मन्त्री
14. दिपक साह -श्रम मन्त्री
15. प्रतिभा रावल -सामान्य प्रशासन मन्त्री
16. सीता वादी -महिला, बालबालीका मन्त्री

17/02/2026

पुराना दललाई भोट किन ??
1. नौ-नौ महिनामा सरकार बनाउन!
2. संसदमा कुर्सी हानाहान गर्न!
3. नीति बनाउने ठाउँमा मुख छाडाछाड गर्न!
4. सत्ताको लागि जस्तो पनि गठबन्धन गर्न!
5. एउटा सरकारले बजेट बनाउने अर्को सरकारले कार्यान्वयन गर्न!
6. 9/10 महिना सम्म निरन्तर संसद अवरोध गर्न!
7. सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै जथाभावी राजनैतिक नियुक्ति गर्न!
8. बिधिको शासनको धज्जी उडाउन!
9. कार्यकर्ता पोस्न!
10. नेताको प्रभाव क्षेत्रको आधारमा बजेटको असमानुपातिक बितरण गर्न!
11. विदेशमा बस्ने नेपालीको Remittance पचाएर उनिहरुलाई नै भोट हाल्ने अधिकारबाट वन्चित गर्न!
12. नातावाद–कृपावाद–कमिसनवादको वर्चस्व कायम गर्न!
13. भ्रष्ट र अपराधीहरुलाई राजनैतिक दलको आस्थाका आधारमा संरक्षण गर्न!
14. जघन्य अपराधका कैदीहरुलाई समेत आममाफी दिन!
15. कान्डैकान्डमा देशलाई फसाउन!
16. प्रश्न गर्ने युवाहरुको मुख बन्द गर्न!
17. जनताको आलोचना र विरोध प्रर्दशन सहन नसकेर गोली चलाउन!
18. सत्तामा पुगेसी अंहकार देखाएर नागरिकलाई मान्छे नगन्न!
19. देशैभरी भ्रष्टाचारको जालो फैलाएर देश लुट्न!
20................ थप्दै जाँउ!

विस्तृत फागुन ७ गते कर्णालीबाट।
15/02/2026

विस्तृत फागुन ७ गते कर्णालीबाट।

03/02/2026

रास्वपाका सभापति रबि लामिछाने लेख्नुहुन्छ-
आदरणीय आमा बुबा, दिदि बहिनी तथा दाजुभाईहरू,

सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरम पछि आजबाट म सार्वजनीक जीवनमा फर्कँदैछु । र यो ऐलान, संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ । परिवर्तनको यो इतिहास नेपाली जनताले शानदार उत्सवका रुपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्नेछन् ।
अपदस्त दुईतिहाइको सरकारले जबरजस्ती मेरो शरिरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरीका अदालतहरु धाउदा धाउदा थाहा छैन म देशका कति ठाउँमा पुग्न सक्छु तर मेरो प्रयास बढीभन्दा बढी जनसमूदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ । म सिंहदरवार पुग्न होइन सिंहदरवार बदल्न माग्दैछु घण्टीमा भोट । दलहरुका मसिहाहरुले राज्यका हरेक धमनीमा भरेको बिष निकाल्न माग्नेछु तपाइँको भोट। एकाध पुल, एकाध भवन र एकाध सडकका तस्वीर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुची छैन । कुशासनको मुख्यालय भएको सिंहदरवारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रष्ट म्याण्डेट बिना हामी हार्नु र जित्नुको कुनै महत्व हुनेछैन । वर्षौंअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठूलो वृक्ष बनेको छ। यस पटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन ।
म कहाँ छु र मेरो के हुन्छ भनेर इतिहासको बेग रोक्ने हक हामी कसैलाई छैन । यो देशको भविश्य बदल्ने क्रान्तिका लागि म थप त्याग र कठोर भन्दा कठोर तपस्याका लागि विल्कुल तयार छु । मेरो नाम इतिहासको कुन पानामा लेखिन्छ वा मेटिन्छ मलाई त्यसको परवाह छैन। तर यस देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यहि निधारमा ताकेर गोली ठोक्नेहरु विरुद्ध क्रान्तिको घण्टी बजिसकेको छ, अब अन्तिम पर्दा उठ्न बाँकी छ, त्यो पर्दा हामी मिलेर उठाउनेछौँ ।
भ्रष्टतन्त्रको ठेकेदार बनेर हामीलाई लोकप्रियतावादी,भिजन बिनाका, निती सिद्धान्त बिनाका भनेर कसैले रोइकराइ गर्न पर्दैन । सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा-दस्तावेज पढ्ने जाँगर विश्लेषणजीविहरुलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने ? विचार सिद्धान्त,नीति सबै भएका भनिएका तपाइहरुको नियत,कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस् , नपढाउनुस् । देश रसातलमा पुग्दापनि भट्याएर नसकिएका तपाईंका विचारहरू तपाईँहरूलाई नै मुबारक। भारी भरकम शब्दहरू प्रयोग गरेर राजनीतिलाई कम्प्लिकेटेड बनाउनै पर्दैन, प्राप्त उपलब्धि सहितको लोकतन्त्र हामी जोगाउछौं, नसके जनता छन् । आआफ्नो राजनीतिक दोकान र सटर रंग्याउने छुट सबैलाई छ तर यो देश कुनै अमुक नेताले होइन जनताले जोगाएका हुन् । तिनै जनताको ताकतको बलमा मतपत्र मार्फत हामी सुशासनको घन्टी बजाउँदै,विकास-कूटनीति र अर्थ- राजनीतिको शानदार युगारम्भ गर्न चाहन्छौँ।
गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ। मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानाे संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की स्वीकार्दैनौं ।
फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ। फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनु पर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन।
यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ। केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौँ। मात्र तपाईँको हातमा।

तपाईँको, रवि लामिछाने ।।

Sad news Rest in peace Prasant tamang
11/01/2026

Sad news Rest in peace Prasant tamang

"घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्"
11/01/2026

"घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्"

Address

Patan
Lalitpur

Telephone

+9779840269042

Website

Alerts

Be the first to know and let us send you an email when The Funformation Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Funformation Hub:

Share