19/02/2026
बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ कार्यालयद्वारा आयोजना गरिएको २५ दिने बरिस्टा तालिम मिति २०८२/०९/२९ देखि २०८२/१०/२६ सम्म सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिममा सहभागी ३० जना प्रशिक्षार्थीहरूलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यस महत्वपूर्ण बरिस्टा तालिम सञ्चालन गर्ने अवसर मितिनी कफी एकेडेमी लाई प्रदान गर्नु भएकोमा बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ कार्यालयप्रति हार्दिक आभार व्यक्त गर्दछौं। यहाँहरूको विश्वास र सहकार्यले नै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको हो
आगामी दिनहरूमा पनि यसरी नै सहकार्य गर्दै अगाडि बढ्ने अवसर प्राप्त होस् भन्ने अपेक्षा राख्दछौं।
वडा नं. ७ का सम्पूर्ण जनप्रतिनिधि तथा टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं, जसको पहल र समन्वयले यो कार्यक्रम सफलतापूर्वक सम्पन्न हुन सकेको हो।
यस तालिमको मुख्य उद्देश्य युवाहरूलाई सीपमूलक बनाउनु, नेपाली कफीको भविष्यप्रति युवाहरूलाई प्रेरित गर्नु तथा नेपालमै रोजगारीको सिर्जना गर्नु रहेको छ। सीप विकासमार्फत आत्मनिर्भरता अभिवृद्धि गर्दै स्वदेशमै अवसर सृजना गर्ने दिशामा यो तालिम महत्वपूर्ण कदम सावित भएको छ।
धन्यवाद।