NT Cafe

NT Cafe Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NT Cafe, Restaurant, Narayanthan, Budhanilkantha, Kathmandu.

NT cafe
11/06/2025

NT cafe

To one of the most beautiful and gorgeous lady, sabinapradhan we( Nt cafe Family)wish you a  Many many happy returns of ...
23/01/2022

To one of the most beautiful and gorgeous lady, sabinapradhan we( Nt cafe Family)wish you a Many many happy returns of the day.
Happy birthday 🎂🎂🥳🥳❤❤

Special Offer !!!Buy 1 Get 1 Free Warsteiner Beer.Limited Stock.📞9851136791, 014370134
21/09/2020

Special Offer !!!
Buy 1 Get 1 Free Warsteiner Beer.
Limited Stock.
📞9851136791, 014370134

Buy 1 Get 1 Free: Everest Can 330ml 🍺Take Away🍺To order call us: Comment or message us or give us a call at 9851136791🍺S...
14/08/2020

Buy 1 Get 1 Free: Everest Can 330ml
🍺Take Away
🍺To order call us: Comment or message us or give us a call at 9851136791
🍺Stay home, Stay chilled.

हामी नेपाली संस्कार र संस्कृतीमा अत्यन्तै धनी छौं, हाम्रा ति हरेक चाडपर्व अनि रीतिथितिहरू विविध माैलिक स्वरूपमा हाम्रो स...
04/08/2020

हामी नेपाली संस्कार र संस्कृतीमा अत्यन्तै धनी छौं, हाम्रा ति हरेक चाडपर्व अनि रीतिथितिहरू विविध माैलिक स्वरूपमा हाम्रो सामू साक्षि भई बसेका छन् । हाम्रा रितिरिवाजहरूमा माैलिकता, आत्मियता तथा अपनत्व भरीएका हुन्छन्, जीवजन्तुदेखि माटोसम्म, रुखदेखि पातसम्म अनि काँचो कपासको डोरीदेखि सूर्यसम्म हामीले पूजा-अर्चना गरिआएका छौं र यस्ता संस्कार र रितीहरुलाई विस्तृत रुपमा 'हाम्रो पात्रो'ले तपाइसमक्ष संधै ल्याएकै छ ।

हामीमध्ये धेरैले सम्भवतः बिद्यार्थी जीवनमा लेखेको प्रथम निबन्ध नै गाईको बारेमा भएको हुन सक्छन् । वैदिक सनातन संस्कार मात्र नभई सिन्धुघाँटस् सभ्यता र भारतवर्षमा गाईलाई दैनिक जीवनमा धार्मिक, सांस्कृतिक अवसरहरूमा विशेष सम्मान र आस्थाको प्रतिकको रूपमा पुजिन्छ, गाईजात्रा पर्व पनि यस्दै सांस्कृतिक महत्वको एउटा उदाहरण हो ।

यो जात्रा विशेषतः गत वर्षभित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरुकालागि मृतकको सम्झना, स्नेह तथा निकटताका क्षणहरूको विशेष स्थान रहने कारणले अत्यन्त महत्व राख्दछ । नेपालभाषामा "गाईजात्रा"लाई "सापारु" भनिन्छ। सडकमा गाई, गाईकै भेष अथवा बिभिन्न मुखुण्डोसहितका झाँकी लगायत थुप्रै रौनक देखिन्छन् । गाईजात्रामा बिभिन्न रसिक कुराकानी, ठट्यौली, चुटकिला र प्रहसन समेत गरिन्छ । मृत्यु भएका आफन्तको संझनामा गरिने जात्रामा आत्मसाथ गरिएको रमाइलो र हाँसोका माध्यमहरुलाई बिचार गर्ने हो भने गाईजात्राले जन्मिएपछि मृत्यु अवस्य हुन्छ र यसलाई जीवनको एउटा अनिवार्य प्रक्रियाको रुपमा लिएर अघि बढ्नकालागि मृतकका शोक सन्तप्त परिवारजनलाई आह्वान गरेको भान गराउँदछ ।

गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रुपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरुका अनुसार यस दिन काठमाडौ उपत्यका बासिहरूले यम् अर्थात् मृत्यूका देवता यमराजलाई पूजा गर्ने गर्दछन् ।

विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नावालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकि थिइन् । मृत्यू भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्तलाई राजाले कैंयनपल्ट बुझाउन खोजेपनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले ।

राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस बर्षभरिमा राज्यमा मृत्यूभएका नागरीकहरुका आफन्तलाई गाईसहित दरबार अगाडीबाट रानीले देख्नेगरि जात्रा निकाल्न आह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाण्डौ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्यूको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारीक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा बिभिन्न ठट्टा, चटक र ब्यङ्गहरु पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा विसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइन ।

अर्कोतर्फ जात्रामा आएका ब्यक्तिहरुले बिभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी ब्यत्तिहरुको आडम्बर र गरिबका पीडालाई साङ्केतिक रूपमा व्याख्या गर्ने शुरूवात गरेका थिए । अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनितिक गतिविधिका नकारात्मक पक्षहरूलाई समाजमा कलात्मक ढङ्गले चिरफार गर्ने चाड पनि हो । त्यस समय समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङ्गात्मक ढङ्गले जनताहरूले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए । गाईजात्रामा शुरुवात गरिएको यो ब्यङ्गको चलन पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनितीकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित ब्यक्तिहरुलाई लक्ष्य बनाएर विसंगती, विकृती, कूरिती र आडम्बरलाई छेड हान्ने चलनकारुपमा प्रचलित छ । कसैले पनि गाईजात्रामा गरिएको ब्यङ्गप्रति रिसिबि र इख राख्न पाइदैन ।

आजको दिन यमराज अर्थात मृत्यूका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रहि आएकोछ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ । बिभिन्न मुखिण्डो र रङ्गीचङ्गी पोशाक लगाएका मान्छेहरु बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा वितेका आफन्तजनको तस्विर सहित जात्रामा समावेश हुन्छन् । गाईजात्रा काठमाण्डौको प्रमुख चाड भएता पनि देशका अरु ठाँउ र शहरमा पनि गाइजात्राको मनाइँदै आइएको छ ।

अर्कोतर्फ गाईजात्राले वर्षा अनि चाडपर्वहरु नजिकिंदै गरेको सङ्केत पनि गर्दछ । पारीलो घाम, उज्याला दिनहरु, चिसिंदै गरेका बतास अनि खेतको सकिएको रोपाँई । यसअर्थमा फुर्सदिलो दिनको मुक्तकण्ठले हाँस्ने अवसर पनि हो गाईजात्रा ।

हास्यकलाकारहरु आ-आफ्ना प्रहसन, ब्यङ्ग्य र हाउभाउले हामीलाई हँसाउन अनेक तयारीका साथ उपस्थित हुने यस चाडमा राजा, रैती, कर्मचरी, सिपाही र चियापसलेसम्मलाई पेच हान्ने चलन छ । एक किसिमले भोग्दै, देख्दै आइएका समाजका विकृती, घटना, परिघटनाको हाँस्यास्पद सारांश हो गाईजात्रा । काठमाण्डौ लगायत देशैभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती र जमघट रहन्छ । यस्ता गाईजात्रा विशेष कार्यक्रमहरु १० देखि १५ दिनसम्म चल्दछन् । टिभी, रेडियो र पत्रपत्रिकासम्म यसअवधिभर गाईजात्रामय हुने गरेका छन् । खाडी देखि अमेरिका, यूरोप लगायत जापानसम्म, नेपालीहरु जहाँजहाँ छन् त्यहाँ त्यहाँ गाईजात्रा बिभिन्न स्वरुप र प्रारुपमा मनाइन्छ ।

हिमाल, पहाड, तराईसम्म यो सालको गाईजात्राले हाँसो र खुशीको फोहोरा निकाल्न सकोस् । विकृती र भ्रष्टाचारीको भण्डाफोर होस् भने सुस्कारको तारिफ होस् । अर्कोतर्फ प्रियजनको मृत्यूपछि निराशा हैन शक्तिकासाथ अघि बढ्ने एउटा उर्जा भर्न सकोस् । दिवङ्गतलाई श्रदान्जली, बाँचेकालाई शक्ति र अघि बढ्न आवश्यक खुशीमन प्रदान गर्न सकोस् ।

25/06/2020

🌸🏵
25/06/2020

🌸🏵

25/06/2020
Stay safe.
15/05/2020

Stay safe.

Address

Narayanthan, Budhanilkantha
Kathmandu
977

Opening Hours

Monday 07:00 - 22:00
Tuesday 07:00 - 22:00
Wednesday 07:00 - 22:00
Thursday 07:00 - 22:00
Friday 07:00 - 22:00
Saturday 07:00 - 22:00
Sunday 07:00 - 22:00

Website

Alerts

Be the first to know and let us send you an email when NT Cafe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category