14/09/2026
❤️🙏 मानवीय सहयोगप्रति हार्दिक प्रतिबद्धता 🙏❤️
A One Cafe, Dhumbarahi
Royal A-One Investment Pvt. Ltd. Group अन्तर्गतको एक महत्वपूर्ण शाखाको रूपमा भोटेकोसी बाढीपीडितहरूको राहत तथा सहयोगका लागि गरिएको रु. ५,०५,५५५/- सामूहिक सहयोगमा आफ्नो महत्वपूर्ण सहभागिता जनाएको छ ।
Royal A-One Investment Pvt. Ltd. Group अन्तर्गत सञ्चालित करिब २१ वटा शाखा तथा ब्रान्डहरूको संयुक्त पहलमा उक्त रकम प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरी माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ज्यूलाई हस्तान्तरण गरिएको छ ।
A One Cafe, Dhumbarahi परिवारका तर्फबाट यस मानवीय अभियानमा जोडिन पाउनु हाम्रो लागि गर्वको विषय हो। सामाजिक उत्तरदायित्वप्रति हाम्रो प्रतिबद्धता सदैव कायम रहनेछ । ❤️🙏
यस महत्वपूर्ण अभियानको नेतृत्व गर्नुहुने समूहका अध्यक्ष श्री हरिबहादुर श्रेष्ठ (नवीन) ज्यू, सम्पूर्ण व्यवस्थापन, कर्मचारी तथा सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
भोटेकोसी बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको दुःख र पीडाको यस कठिन घडीमा हामी सबै एकजुट भएर सहयोग गरौँ ।
A One Cafe, Dhumbarahi
A Proud Member of Royal A-One Investment Pvt. Ltd. Group
🙏 सहयोग नै मानवताको सबैभन्दा ठूलो परिचय हो । ❤️
Head Office: Gaurighat, Kathmandu
A One Cafe, Dhumbarahi परिवार