15/06/2016
हेर्दा लुकी लुकी हेर्नु पर्ने । बोल्दा डराइ डराइ ।
अझ नयाँ कुरा केहि भन्न खोज्यो कि ढुकढकी बढी हाल्ने । बोल्दा केहि बिराइन्छ कि भन्ने कत्रो डर ।
उनी रिसाउलिन् कि भन्ने कत्रो पिर ।
तिमीलाई मन पराउँछु - भन्न पनि महिनौ लाग्ने । कुनै परिक्षा दिए जस्तो ! पास हुने त कहिले हो कहिले !
आखिर यो माया भन्ने कस्तो चिज ?
जो कहिल्यै सिकेर सिकिने कुरा पनि त रहेनछ ।