Gen-Z Revolution

Gen-Z Revolution Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gen-Z Revolution, Kathmandu.
(1)

27/04/2026

रास्वपा सभापति रबि लामिछाने ज्युको सन्देश-
आउने पुस्ताले हामीले भोगेको जस्तो समस्या भोग्न नपरोस भनेर काम गर्दा थोरै दु:ख हुन सक्छ तर भविष्यका लागि राम्रो हुन्छ।

27/04/2026

पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायत पूर्व VVIP हरूले सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्च अदालतले खारेज गरेको छ।

27/04/2026

माइतीघरमा मण्डलामा शोभा पाठक माथि आक्रमण भएको छ।

सम्माननीय प्रधानमन्त्री बालेन शाहलाइ जन्मदिनको लाखौं लाख शुभकामना!  तपाईँको साहसी नेतृत्व र स्पष्ट भिजनले देशलाई उचाईमा ...
27/04/2026

सम्माननीय प्रधानमन्त्री बालेन शाहलाइ जन्मदिनको लाखौं लाख शुभकामना! तपाईँको साहसी नेतृत्व र स्पष्ट भिजनले देशलाई उचाईमा पुर्याओस्🌹🎂🎉
B***n B***n Shah

26/04/2026

जीवनका १३ सबैभन्दा ठूला सत्यहरूः

• सबैभन्दा ठूलो रोग — शंका
• सबैभन्दा ठूलो पीडा — चिन्ता
• सबैभन्दा ठूलो श्रृंगार — मुस्कान
• सबैभन्दा ठूलो सत्य — मृत्यु
• सबैभन्दा ठूलो सौन्दर्य — सरलता
• सबैभन्दा ठूलो शत्रु — अहंकार
• सबैभन्दा ठूलो शिक्षा — सीप
• सबैभन्दा ठूलो शक्ति — धैर्य
• सबैभन्दा ठूलो धन — सन्तोष
• सबैभन्दा ठूलो सम्पत्ति — ज्ञान
• सबैभन्दा ठूलो पहिचान — इज्जत
• सबैभन्दा ठूलो औषधि — सकारात्मक सोच
• सबैभन्दा ठूलो मित्र — आफैं

साभारः सामाजिक संजाल

26/04/2026

जडिबुटी मनोहरा क्षेत्रको सुकुमवासी बस्ती हटाउन आइतबार बिहानैदेखि बाक्लो मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ।हिजो शनिबार त्यहाँ बस्ती हटाउने क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो।
बिहान देखि सामान सारेर अन्यत्र सर्ने र सरकारले जानकारी गराएको ठांउमा गएर बस्ने क्रम पनि जारी रहेको छ।

काठमाडौंको मनोहरा खोला किनारका सुकुम्बासी बस्तीका बासिन्दाले बस्ती हटाउने सरकारी तयारीप्रति प्रतिक्रिया जनाएका छन्। उनीहरूले सरकारसँग प्रतिरोध गर्न नसक्ने अवस्था रहेको बताउँदै बाध्यताले स्थान छोड्नुपर्ने स्थिति आएको बताएका छन्।

बस्ती खाली गर्ने तयारीसँगै केही बासिन्दा सामान सार्न व्यस्त देखिएका छन् भने कतिपयले वैकल्पिक बसोबासको अभावमा चिन्ता व्यक्त गरेका छन्।

24/04/2026

बास्तविक पिंडित सुकुम्वासी संग आदरणिय पार्टी सभापति Rabi Lamichhane ज्युको स्पष्ट कुरा🙏

24/04/2026

उपत्यका भित्रको अव्यवस्थित बस्ती हटाउने विषयमा शहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षमा शुक्रबार मन्त्रालयमा बसेको विभिन्न निकाय र सरोकारवाला पक्षको बैठकले निम्न निर्णय गरेको छ ।

१. जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको सूचना बमोजिम प्रचार प्रसारका कार्यहरू गर्ने, बस्ती खाली गर्ने सन्दर्भमा माइकिङ गर्दै पूर्वसूचना दिँदै संरचनाहरू भत्काउनु पूर्व नै उक्त स्थानहरू खाली गर्ने तर्फ जोड दिने ।

२. जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको सूचना एवम् माइकिङ बमोजिम २०८३ बैशाख १२ र १३ गते बस्ती संरचनाहरू हटाउने, भत्काउने र खाली गर्ने कार्यका लागि आवश्यक पर्ने मेसिनरी उपकरण तथा अन्य सर सामानका लागि उक्त कार्यालयबाट पत्राचार भए बमोजिमका निकायहरूबाट आवश्यक प्रबन्ध तत्काल गर्ने ।

३. बस्ती खाली गराउने सिलसिलामा माइकिङ गरिसकेपछि सुरक्षित आश्रयस्थलसम्म लैजाने सन्दर्भमा मानवीय मद्दत उपलब्ध गराउँदै सामानको ढुवानी, अशक्त, अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध(वृद्धा र दीर्घरोगीहरूलाई प्राथमिकता दिई उद्धार गरी सुरक्षित तवरबाट तोकिएको पहिलो आश्रयस्थलसम्म वा आवश्यकतानुसार अस्पतालसम्म पुर्‍याउने व्यवस्था मिलाउने । यस कार्यका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक एम्बुलेन्स, मेडिकल टिमसमेतको व्यवस्था गर्ने । सामान ढुवानीका लागि आवश्यक पर्ने सवारी साधन र मानिसहरूलाई सुरक्षित स्थलसम्म लिएर जानका लागि आवश्यक पर्ने सवारी साधनको समेत बन्दोबस्त गृह मन्त्रालयको समन्वयमा गर्ने ।

४. बस्तीहरूबाट मानिसहरूलाई पहिलो आश्रयस्थलमा ‌ओसारपसार गरेपछि उक्त स्थलमा खाना, खाजा, पानीको व्यवस्था काठमाडौं महानगरपालिकाले गर्ने र मेडिकल टिमसहितको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने ।

५. पहिलो आश्रयस्थलबाट तोकिएका विभिन्न स्थलहरूमा लगी अल्पकालीन रूपमा बसोबासको प्रबन्ध मिलाउने । उक्त स्थानमा आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री र पानी लगायतका अत्यावश्यक आपूर्ति व्यवस्थाहरू मिलाउने कार्य शहरी विकास मन्त्रालयले गर्ने ।

६. यसरी व्यवस्थापन गरिएका बसोबासका क्षेत्रहरूमा प्रत्येक परिवारको भेरिफिकेशन क्याम्प खडा गर्ने र निजहरूलाई फोटो सहितको परिचयपत्र वितरण गर्ने । भेरिफिकेशन हुन नसकेका व्यक्तिहरूलाई क्रमशः उक्त स्थानबाट समेत बिदा गर्दै जाने कार्य शहरी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गर्ने ।

७. बस्ती खाली भइसकेपछि उक्त स्थानहरूको भत्केका संरचनाहरू हटाउने, ट्र्याक खोल्ने र अन्य आवश्यक पूर्वाधार तयारीका कार्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले तत्काल सुरु गर्ने ।

८. अग्रपङ्क्तिमा रही माइकिङ गर्ने, सूचना दिने, बस्ती खाली गराउने तथा मानवीय सहायताका लागि आवश्यक पर्ने व्यक्तिहरूको पहिचान गर्ने समेतका कार्यहरू काठमाडौं महानगरपालिकाले गर्ने । यस कार्यका लागि आवश्यक सुरक्षा प्रबन्ध जिल्ला सुरक्षा समितिले मिलाउने ।

९. यी माथिका निर्णयहरू बमोजिमका कार्यहरू गर्न केन्द्रीय समन्वय समितिको रूपमा देहायबमोजिमको समिति गठन गर्ने । उक्त समितिले समन्वय, निर्देशन, आवश्यक नीतिगत निर्णय र साधन स्रोतको व्यवस्थासमेतका विषयलाई तत्काल सम्बोधन गर्ने ।
देहाय
१. माननीय शहरी विकास मन्त्री संयोजक
२. काठमाडौं महानगरपालिका प्रमुख सदस्य
३. गृह मन्त्रालयका सचिव सदस्य
४. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव सदस्य
५. शहरी विकास मन्त्रालयका सचिव सदस्य
६. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सदस्य
७. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सम्बन्धित विषय हेर्ने सचिव सदस्य

१०. माथि निर्णय नम्बर ९ बमोजिम गठन भएको केन्द्रीय समन्वय समितिको अधीनमा रही सम्बन्धित मन्त्रालय, निकायहरूबाट आ आफ्ना क्षेत्रगत विषयहरूलाई तत्काल कार्यान्वयनमा लैजान कार्यान्वयन समिति एक्सन टिम बनाई तोकिए बमोजिमका कार्यहरू गर्ने र सोको नियमित रिपोर्टिङको कार्य केन्द्रीय समन्वय समितिलाई गर्ने ।

११. बस्तीहरू खाली गर्ने, सुरक्षाकर्मीहरू परिचालन एवम् आश्रयस्थलहरूमा व्यवस्थापन र पुनर्वाससमेतका कार्यहरू गर्दा प्रत्येक चरणमा क्षेत्र स्तरमा आउनसक्ने सम्भावित समस्याहरू र आवश्यक पर्ने साधन स्रोतको माग जिल्ला प्रशासन कार्यालय, काठमाडौं मार्फत भएको खण्डमा तत्काल सम्बन्धित निकायहरूबाट उपलब्ध गराउने ।

सुधन गुरुङ फेरि गृहमन्त्री भएको हेर्न को को चाहनुहुन्छ?
23/04/2026

सुधन गुरुङ फेरि गृहमन्त्री भएको हेर्न को को चाहनुहुन्छ?

भ्रामक सामाग्री प्रकाशन तथा प्रशारणबारे सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको प्रेस विज्ञप्तिविगत केही समयदेखि विभिन्न अन...
22/04/2026

भ्रामक सामाग्री प्रकाशन तथा प्रशारणबारे सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको

प्रेस विज्ञप्ति

विगत केही समयदेखि विभिन्न अनलाईन मिडिया तथा सामाजिक सञ्जालहरूमा आधारहीन, मिथ्या र भ्रामक सूचना सामग्रीहरू प्रकाशन तथा प्रशारण भइरहेको सम्बन्धमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता कपोलकल्पित सूचना सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने कार्य गरिरहेको छ। सरकारले यस प्रकारका भ्रामक सूचना सामग्री सम्प्रेषण गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ।

मन्त्रालय सबै समाचार प्रदायक, संस्था तथा व्यक्तिलाई आधिकारिक निकायबाट पुष्टि नभएका र हचुवाका भरमा कुनै पनि समाचार तथा सूचना प्रकाशन तथा प्रसारण नगर्न नगराउन अनुरोध गर्दछ। यदि आधारहीन, मिथ्या र भ्रामक समाचारहरू प्रकाशन तथा प्रसारण गरिएको पाइएमा त्यस्ता समाचार वा सूचना प्रकाशन गर्ने व्यक्ति वा संस्थाहरूलाई पहिचान गरी प्रचलित कानून (विद्युतीय कारोवार ऐन तथा अन्य सम्बद्ध कानून) बमोजिम कडा कारबाही गरिने व्यहोरा समेत अवगत गराइन्छ।

साथै, सबै आम सर्वसाधारणलाई यस्ता समाचार तथा सूचना फैलाउन सहयोग पुग्ने क्रियाकलापमा संलग्न नभइदिनु हुन तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कुनै पनि सामग्री आफ्नो व्यक्तिगत खातामार्फत साझा गर्नुअघि त्यसको आधिकारिकता जाँच गर्नहुन समेत मन्त्रालय अपिल गर्दछ।

यस सम्बन्धमा कसैले यस्ता समाचार वा सूचना फैलिएको थाहा पाउनु भएमा वा केही गुनासो वा थप जानकारी आवश्यक भएमा मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको "सामाजिक सञ्जाल गुनासो दर्ता" पोर्टलमा आफ्नो गुनासो तथा सूचना दर्ता गर्न वा निम्न फोन नम्बर वा इमेलमा सम्पर्क गर्न मन्त्रालय अनुरोध गर्दछ।

सम्पर्क विवरण:
मोबाइल नं.: 9851400112, फोन नं: ०१-४२००439 (सूचना अधिकारी)
इमेल: [email protected] / [email protected]/[email protected]
वेबसाइट: www.mocit.gov.np

मिति: २०८३/०१/०९

नेपाल प्रहरीको प्रमुख (आईजिपी)मा दानबहादुर कार्की नियुक्त हुनु भएकोमा हार्दिक बधाई सहित सफल कार्यकालका लागि शुभकामना ॥🙏उ...
10/11/2025

नेपाल प्रहरीको प्रमुख (आईजिपी)मा दानबहादुर कार्की नियुक्त हुनु भएकोमा हार्दिक बधाई सहित सफल कार्यकालका लागि शुभकामना ॥🙏उहांको कार्यकालमा आम जनताको सुरक्षा, अमनचयन, न्यायिक सवलता र शान्ती सु-ब्यबस्थाको प्रत्याभूती गर्न सफल रहोस्।जय देश!जय नेपाल!🇳🇵

Address

Kathmandu
44600

Telephone

+97715903122

Website

Alerts

Be the first to know and let us send you an email when Gen-Z Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gen-Z Revolution:

Share