28/08/2026
❤️ मानवता नै सबैभन्दा ठूलो धर्म हो। 🇳🇵
देशमा आएको प्राकृतिक विपत्तिले धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रभावित हुनुभएको अवस्थामा, दुःखको यो घडीमा हामी सबैले आफ्नो तर्फबाट सकेको सहयोग गर्नु हाम्रो मानवीय जिम्मेवारी हो।
यसै भावनाका साथ Hide Out Resto को तर्फबाट बाढीपीडित तथा प्रभावित परिवारहरूको राहत र सहयोगका लागि रु. २०,००० (बीस हजार) नेपाल सरकारमार्फत सहयोग गर्ने निर्णय गरेका छौँ।
यो रकम ठूलो होइन, तर दुःखमा परेको मानिसको साथमा उभिने हाम्रो सानो प्रयास हो। ❤️
आज हामीले दिएको सानो सहयोगले कसैको घरमा आशा ल्याउन सक्छ, कसैको परिवारलाई केही राहत दिन सक्छ।
हामी सबै मिलेर हातेमालो गरौँ।
पीडामा साथ दिऔँ, मानवता बचाऔँ। 🇳🇵❤️
— Hide Out Resto परिवार
🙏 दुःखमा साथ, नेपालीपनमा हातेमालो 🙏