09/09/2026
🇳🇵 नेपालका बाढीपीडितहरूको सहयोगका लागि हाम्रो सानो प्रयास
नेपालमा हालै आएको बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। 😢🙏
बाढीमा ज्यान गुमाउनु हुने सम्पूर्ण आत्माहरूले चिरशान्ति पाऊन्। 🕊️
नेपालका बाढीपीडितहरूको सहयोगका लागि Momos Hub Restro & Bar को आयोजनामा गत मंगलबार, ८ सेप्टेम्बरमा Acoustic Live Music Charity कार्यक्रम आयोजना गरिएको थियो। 🎶
यस charity कार्यक्रममा सहभागी भएर सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूको सहयोगबाट हामीले €394.50 संकलन गर्न सफल भयौं। त्यसमा Momos Hub Restro & Bar बाट थप सहयोग गरी कुल €550 पुर्याएका छौं।
उक्त €550 रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढीपीडितहरूको राहत तथा उद्धारका लागि सहयोगस्वरूप जम्मा गरेका छौं। हालको विनिमय दरअनुसार यो रकम रु.96500 बराबर भएको छ। 🇳🇵🙏
यस अभियानमा साथ दिनुहुने सम्पूर्ण कलाकारहरू, कार्यक्रमका सहभागीहरू, ग्राहकहरू, साथीभाइ तथा सहयोग गर्नुहुने प्रत्येक व्यक्तिलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद। 🙏
साथै, यस विपद्को समयमा हामीले व्यक्तिगत रूपमा पनि सकेको सहयोग गर्ने प्रयास गरेका छौं। हाम्रो सानो प्रयासले विपद्मा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई केही राहत पुग्ने विश्वास लिएका छौं।
दुःखको समयमा हामी सबै एकजुट भएर सहयोग गरौं।
एकता, मानवता र सहयोग नै हाम्रो शक्ति हो। 🇳🇵
बाढीमा ज्यान गुमाउनु हुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। 🙏🕊️
Momos Hub Restro & Bar परिवार ❤️🇳🇵