21/06/2026
साना बालबालिका र सामाजिक सञ्जाल 🤔
साना उमेरमै सामाजिक सञ्जालको सम्पर्कले बालबालिकामा मानसिक, सामाजिक र व्यवहारगत समस्यासँग सम्बन्धित असर बढ्दै गएको देखिन्छ। धेरै विशेषज्ञहरूका अनुसार यसले ध्यान केन्द्रित गर्ने क्षमता, निद्रा, भावनात्मक सन्तुलन र स्वस्थ विकासमा असर पार्न सक्छ।
युके लगायत केही देशहरूले बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन कडा नियमहरू लागू गर्न थालेका छन्।
तपाईंको विचार के छ?
* परिवारको भूमिका प्रमुख हो कि राज्यले पहल चाल्नु ठीक होला ?