Þħæpæ—šůbåň

Directions

Þħæpæ—šůbåň Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Þħæpæ—šůbåň, Nepalese Restaurant, Divichapada, Kharghar.

31/07/2026

🫶🏿

15/07/2026

Follow me, please help me full video # # hash

15/07/2026

Would you rather have 1,000,000 subscribers or $1,000,000?

05/07/2026

Creators flirting: I liked your reel

गृहमन्त्री सुदन गुरुङ शुक्रबार साँझ पूर्वसूचना नै नदिई कोशी प्रदेश पुगेका छन्। सीमा क्षेत्रमा बढ्दो तस्करी र राजस्व चुहा...
05/07/2026

गृहमन्त्री सुदन गुरुङ शुक्रबार साँझ पूर्वसूचना नै नदिई कोशी प्रदेश पुगेका छन्। सीमा क्षेत्रमा बढ्दो तस्करी र राजस्व चुहावटबारे जनस्तरबाट गुनासो बढिरहेका बेला उनले आकस्मिक रूपमा सीमावर्ती क्षेत्रको स्थलगत निरीक्षण थालेका हुन्।

सुरक्षा स्रोतका अनुसार सुनसरी र मोरङका सुरक्षा निकायले गृहमन्त्री प्रदेशमा आएको जानकारी पाए पनि उनी कहाँ पुग्ने वा कुन नाका निरीक्षण गर्ने भन्नेबारे पूर्वजानकारी थिएन। त्यसैले गृहमन्त्रीको आकस्मिक भ्रमणपछि मोरङका सुरक्षा निकाय उच्च सतर्कतामा बसेका छन्।

गृहमन्त्री गुरुङले विराटनगर आसपासका दक्षिणी सीमावर्ती नाका तथा प्रवेश बिन्दुको निरीक्षण गर्दै सीमा सुरक्षाको वास्तविक अवस्था, तस्करी नियन्त्रणका चुनौती र सुरक्षा व्यवस्थाबारे प्रत्यक्ष जानकारी लिने कार्यक्रम रहेको बताइएको छ।

यसअघि पनि उनले पर्साको सीमाक्षेत्र पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्दै तस्करी, सीमा सुरक्षा तथा राजस्व चुहावटका विषयमा प्रत्यक्ष जानकारी लिएका थिए।

सरकारले सीमा सुरक्षा सुदृढ बनाउने, तस्करी नियन्त्रण गर्ने र राजस्व चुहावट रोक्ने अभियानलाई तीव्र बनाइरहेका बेला गृहमन्त्रीको यो आकस्मिक अनुगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सुर्खेत–कालिकोट हाइस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारीसुर्खेत । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक हाइस दै...
04/07/2026

सुर्खेत–कालिकोट हाइस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी
सुर्खेत । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक हाइस दैलेखमा दुर्घटनाग्रस्त भएर कर्णाली नदीमा खसेको छ।
कर्णाली राजमार्गअन्तर्गत साङ्गेतडा मा भएको उक्त दुर्घटनामा कर्णाली प्रदेश ०३–००१ ख १०५५ नम्बरको हाइस सडकबाट करिब ५०० मिटर तल कर्णाली नदीमा खसेर डुबेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेख का सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार गाडी नदीमा डुबेकाले यात्रुको संख्या तथा मानवीय क्षतिको यकिन विवरण आउन बाँकी छ।
प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकाय उद्धार र खोजी कार्यमा खटिएका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।

मेसिलाई पानी पानी बनाएर आज पनि बिस्वको ध्यान खिच्यो १०० मा १०० नै नम्बर दिदा पनि खेर जादैन।
04/07/2026

मेसिलाई पानी पानी बनाएर आज पनि बिस्वको ध्यान खिच्यो १०० मा १०० नै नम्बर दिदा पनि खेर जादैन।

चितवनको रत्ननगरमा एक हृदयविदारक तर प्रेरणादायी घटना भएको छ। हृदयघातको पीडा सहँदै अन्तिम क्षणसम्म स्टेरिङ सम्हालेर १४ जना...
04/07/2026

चितवनको रत्ननगरमा एक हृदयविदारक तर प्रेरणादायी घटना भएको छ। हृदयघातको पीडा सहँदै अन्तिम क्षणसम्म स्टेरिङ सम्हालेर १४ जना यात्रुको ज्यान बचाएका चालक चन्द्रबहादुर बुढाथोकीको निधन भएको छ।

बारा निवासी ५५ वर्षीय चन्द्रबहादुर बुढाथोकीले चलाएको बागमती प्रदेश ०३–००१ ज ११२४ नम्बरको विद्युतीय माइक्रोबस नारायणगढबाट वीरगञ्जतर्फ १४ जना यात्रु बोकेर गइरहेको थियो।

रत्ननगरको टिकौली पुल नजिक पुग्दा उनले पानी पिएपछि अचानक छातीमा असहजता महसुस गरे। तीव्र हृदयघातका कारण अवस्था गम्भीर बन्दै गए पनि उनले स्टेरिङको नियन्त्रण गुमाएनन्।

आफ्नो जीवन संकटमा रहेको अवस्थामा पनि उनले असाधारण संयमता देखाउँदै माइक्रोबसलाई बिस्तारै सडकको सुरक्षित किनारतर्फ लगेर रत्ननगरस्थित कृष्ण मन्दिर प्रहरी बिट नजिक सुरक्षित रूपमा रोके।

गाडी पूर्ण रूपमा रोकिएलगत्तै उनी स्टेरिङमै ढले। यात्रु र स्थानीयले तत्काल उद्धार गरी अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे। प्रारम्भिक जानकारीअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो।

यदि उनले अन्तिम क्षणमा संयमता नगुमाएको भए ठूलो सडक दुर्घटना हुन सक्ने अवस्था थियो। तर आफ्नो अन्तिम साससम्म कर्तव्य निभाएका चालक बुढाथोकीको साहसका कारण माइक्रोबसमा सवार सबै १४ जना यात्रु सकुशल रहेका छन्।

कर्तव्यप्रतिको अद्भुत समर्पण र मानवीय जिम्मेवारीको यो उदाहरणले चालक चन्द्रबहादुर बुढाथोकीलाई धेरैको मनमा सधैंका लागि ‘वीर चालक’का रूपमा अमर बनाएको छ।

04/07/2026

Good night

04/07/2026

Address

Divichapada
Kharghar

Website

Alerts

Be the first to know and let us send you an email when Þħæpæ—šůbåň posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share