07/08/2026
📢 एक दिनको सानो विश्राम…
प्रिय ग्राहकवृन्द,
देशमा ग्यासको अभाव, बिजुलीको अभाव… अनि हामीसँग चाहना भएर पनि चुल्हो नबल्ने अवस्था…
सेवा दिने मन हुँदाहुँदै पनि परिस्थितिसँग सम्झौता गर्नुपरेकोले भोलि Mycafe Damak & Emma’s Thakali को सेवा बन्द रहनेछ।
कहिलेकाहीँ व्यवसायलाई ग्राहकको अभावले होइन, आधारभूत सुविधाको अभावले पनि रोकिदिन्छ भन्ने यथार्थ हामीले भोगिरहेका छौँ।
तर चिन्ता नगर्नुहोस्…
पर्सिदेखि फेरि उही मिठो स्वाद, उही आत्मीयता र अझ बढी उत्साह जेसका साथ तपाईंहरूको सेवामा उपस्थित हुनेछौँ।
यो असुविधाप्रति क्षमाप्रार्थी छौँ। तपाईंहरूको साथ, विश्वास र मायाले नै हामीलाई अघि बढ्ने हौसला दिएको छ।
🙏 धन्यवाद। पर्सि भेटौला 🙏
Mycafe & Emma’s Thakali Family