DMN Suppliers

DMN Suppliers news coverage

राष्ट्रिय स्वतन्त्र पार्टीको इटहरीको विवाद यस कारण अदालतसम्म पुग्योराष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना आजभन्दा ३ वर्ष अ...
14/08/2025

राष्ट्रिय स्वतन्त्र पार्टीको इटहरीको विवाद यस कारण अदालतसम्म पुग्यो

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना आजभन्दा ३ वर्ष अगाडिमा भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीलाई सङ्गठन विस्तार गर्नेक्रममा देशका विभिन्न जिल्लाहरूको भ्रमणका क्रममा रवि लामिछानेले देशैभरि सम्पर्क व्यक्तिहरूको खोजी गर्ने क्रममा कोसी प्रदेशको असार ३० गते धरानमा भएको पहिलो जिल्ला तथा पालिका गठन गर्नेक्रममा झापामा २९ गते ३० गते विराटनगरमा सुनसरी जिल्लामा सञ्जीव भट्टराईको संयोजकत्वमा सुनसरी जिल्ला तदर्थ समिति र इटहरीमा लालविक्रम थापाको नेतृत्वमा तदर्थ समिति गठन भएको थियो । सो भेलामा देवराज अधिकारी, देवीका भण्डारी लगायत १५ जनाको उपस्थिति रहेको थियो । लाल विक्रम थापाको नेतृत्वमा इटहरी नगरको तदर्थ समिति बनेपश्चात् लालविक्रम थापा परिवार दलमा आबद्ध रहेर धनकुटा जिल्ला संयोजकमा रही काम गरिरहेका थिए । पार्टीको सङ्गठन विस्तार गर्नेक्रममा सोही परिवार दलमा आबद्ध रहेका अशोक कुमार चौधरी लगायत अन्य परिवार दलका सदस्यहरू पार्टीको सङ्गठनमा जोडिने क्रम बढ्दै गएको पाइन्छ । यहाँबाट शुरुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको शुरुवाती चरण लालविक्रम थापाले आफ्नो मातहतमा चिरपरिचित व्यक्तित्वहरूलाई राष्ट्रिय स्वअन्त पार्टीको बारेमा चिया पसल, अन्य साथीहरूसँग कुराकानी गर्ने क्रममा इटहरीमा १५÷२० जना जम्मा भएर बैठक बस्यो । जसमा हाल प्रदेशमा जिम्मेवार पदमा आसीन व्यक्तित्वहरू छन् । यस क्रममा रवि लामिछानेसँग सम्पर्क बाक्लो हुँदै गयो ।
२०७९ साउन ३० गते इटहरीको इम्पेरियलमा कोश प्रदेश भरिका जिल्लाहरूलाई बोलाएर सङ्गठन विस्तारको लागि जिल्ला र नगरको सङ्गठन बनाउने काम गरियो । जसमा लालविक्रम थापा जिल्ला संयोजकको पदमा जिम्मेवारी दिइयो । साथै अशोक कुमार चौधरी नगर संयोजक भएका थिए । लालविक्रम थापाले साथीहरूलाई जोड्ने काममा चन्द्रबहादुर राई, नवीन पोखरेल, प्रकाश खरेल, आदिहरूलाई सदस्य विस्तार गर्दै लगियो । यसै क्रममा सङ्घीय निर्वाचने आइसकेको थियो । यस क्रममा लालविक्रम थापा, अशोक कुमार चौधरी, जीवन श्रेष्ठ, सरिन तामाङ, देवीका भण्डारी, कमल मैनाली, रूपमणि भारती, निशा मेहता आदि सङ्घीय चुनावमा होमिएका व्यक्तित्वहरू थिए ।
प्रत्यक्षबाट लालविक्रम थापा सुनसरी क्षेत्र नं. २ बाट थिए भने ३ नं. बाट कमल मैनाली ४ बाट जीवन श्रेष्ठ, १ बाट सरिन तामाङ थिए भने समानुपातिकबाट अशोककुमार चौधरी, निशा मेहता, रूपमणि भारती, देवीका भण्डारी उमेदवार थिए । त्यसपछि सङ्घीय चुनाव सकिएसँग समानुपातिकबाट अशोककुमार चौधरी माननीय भए भने अन्य व्यक्तिहरूले चुनावमा पराजित हुन पुगे । त्यस बेला नगरको सभापतिमा अशोक कुमार चौधरीले नेतृत्व गरिरहेका थिए । राष्ट्रिय स्वअन्त पार्टीले सङ्गठन विस्तारको क्रम जारी रह्यो । सो अनुसार जिल्ला सभापति लाल विक्रम थापा नगरमा अशोक कुमार चौधरी नै थिए । यहाँबाट सुरु हुन्छ कथा लालविक्रम थापा चुनाव हारेपछि सङ्गठन बलियो बनाउनुपर्दछ जुन सङ्गठन आफ्नो पक्षमा होस भन्ने चाहना थियो भने अशोक कुमार चौधरीले नगरमा राम्रो मान्छे आउनुपर्दछ भन्ने सोच राख्नु हुन्थ्यो । यहाँ विचार अलग अलग हुन थाल्यो दृन्द चर्किँदै जान थाल्यो ।
सङ्गठन विस्तार गर्नेक्रममा विस्तारित बैठक विराटनगर वाट चुनावी प्रतिस्पर्धाबाट राजेश तिम्सिना प्रदेश सभापतिमा निर्वाचित हुनुभयो दोस्रो स्थानमा प्रकाश पाठक र तेस्रो स्थानमा सरिन तामाङ भए तापनि तत्कालीन महामन्त्रीको ठाडो आदेशमा विभिन्न जिल्ला तथा प्रदेश सदस्यहरूको विरोधका बाबजुद दबाब सहित उपसभापतिमा सरिन तामाङ महामन्त्रीमा लालविक्रम थापालाई मनोनित गरिएको थियो । प्रदेशको प्रवक्ता कमलबाबु मैनाली, देवराज अधिकारी प्रदेश सदस्य तथा गुनासो विभाग प्रमुख भएको थिए ।
प्रदेशको संरचना बनाउने काम समाप्त भएपश्चात् रिक्त भएको सुनसरी जिल्ला संयोजकमा ११ जना प्रदेश सदस्यको उपस्थितिमा जीवनकुमार श्रेष्ठलाई सर्वसम्मत जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो ।

त्यस बेलाका इटहरी नगर संयोजक अशोक कुमार चौधरी समानुपातिक सांसद भएपश्चात् खाली रहेको इटहरी नगर संयोजक पदमा लाल विक्रम थापाको प्रभावमा परेर एकलौटी ढङ्गबाट बिना सल्लाह खेमराज नवीन पोखरेललाई का.वा. संयोजकको जिम्मेवारी दिने काम गरियो । सोही समयबाट इटहरी नगरको विवाद सुरु भएको थियो । नगरमा महिलालाई समेत सामेल गराउनुपर्दछ भनी हरिमाया अधिकारीलाई उपसभापति बनाउने काम गरियो । लालविक्रम थापा आफूले भनेको मान्ने मान्छेको खोजीमा थिए । सोही क्रममा मोहन निरौला, हरिमाया अधिकारी, डिल्ली गुरागाईँ, पुष्प थापा राजन कटुवाल लगायत एउटा झुन्ड समूह बनाउन उनी सफल भए । उनकै कारण सुरुवाती चरणबाटै नगरमा विवाद रहिनै रह्यो ।
खेमराज नवीन पोखरेल सत्यको बाटोमा हिँड्ने व्यक्ति थिए बेथिति, विसङ्गतिको विरुद्ध डटेर लड्नु पर्दछ । हामी बिच भएका बेथिति छन् भने सफा गर्नुपर्दछ भन्ने विचार लिएर हिँडेका व्यक्ति थिए भने लालविक्रम थापा भित्रीरुपमा बेथिति बोकेर हिँडेका नेता । अब आन्तरिक सबै कुराहरू थाहा पाउँछन् भन्ने लागेर लालविक्रम थापाले षड्यन्त्र गर्न थाले । खेमराज नवीन पोखरेललाई इटहरी नगरमा टिक्न दिनुहुँदैन भनी आफ्ना गुटका मानिसहरू परिचालित गर्न थाले साना सान कुराहरूमा विवाद झिक्ने क्रम जारी रह्यो । त्यसपछि खेमराज नवीन पोखरेललाई राजीनामा दिन बाध्य बनाउने काम गरियो । इटहरी नगरमा फेरी सभापतिको पद खाली रह्यो झन् विवाद बढ्न थाल्यो । भने प्रदेशमा समेत लालविक्रम थापाले गुट बनाउने तथा जिल्लामा समेत गुट बनाउने क्रम जारी राख्न थाले विवादले उच्चतम विन्दु पुगेर छताछुल्ल हुन लागेको बेलामा इटहरीको नगरको विवाद मिलाए जस्तो गरेर वडा सभापतिहरू मध्येबाट विष्णुबहादुर बस्नेतलाई कागज गरी अधिवेशन सम्मका लागि भनेर सभापति बनाउने काम गरियो ।
त्यस समयसम्म लालविक्रम थापा जनता माध्यमिक विद्यालयको भाडा नबुझाएको सार्वजनिक सम्पत्ति भ्रष्टाचार गरेको विवादमा निलम्बन भएका थिए भने उपसभापति हरिमाया अधिकारी दोहोरो नागरिकताको घटनामा निलम्बित भएकी थिइन् । यिनीहरूको योजना अनुसार सङ्गठनमा गुट र उपगुट तोडिने क्रम जारी थियो । त्यसताका लालविक्रम थापा कहिले केन्द्रसँग त कहिले प्रदेशका साथीहरूसँग निलम्बन फुकुवा गर्न लागिरहे त्यस समयमा प्रदेश सभापति राजेश तिम्सिना, महामन्त्री लालविक्रम थापा, चन्द्र राई, देवराज अधिकारी समेत प्रदेशमा थिए, जिल्लामा जीवन श्रेष्ठ लगायत अन्य सदस्यहरू थिए भने नगरमा कोही पनि थिएन आफूले बनाएको प्लान चौपट हुने भयो भनी विभिन्न व्यक्तिहरूलाई आरोप प्रत्यारोप लगाउने क्रम जारी राखे लालविक्रम थापाले । कहिले राजेश तिम्सिना देखि कमल मैनाली, देवराज अधिकारी, जीवन श्रेष्ठ लगायत ५–७ जनालाई आरोप लगाउँदै मलाई कारबाही गरेको भनेर फेसबुक लाइफबाट उद्घोष नै गरेका थिए ।
सोही क्रममा पार्टीले आन्तरिक कुरा सामाजिक सञ्जालमा प्रयोग गरेको भनी कारबाहीमा निलम्बन गरेको थियो । केन्द्रसँग बारम्बार शरण पर्दा भएका सबै केन्द्रीय नेतागढहरुलाई आफ्नो वशमा राख्न सफल भई जनता स्कुलको विवाद मिलाए भनी झुटो विवरण पेस गरी निलम्बन फुकुवा गराउन सफल भए । त्यसपछि लालविक्रम थापाको खेल फेरी सुरु भयो । पार्टीलाई काम गरेको जस्तो देखाउने कुनै कार्यक्रम गर्दै गरेको फोटो, भिडियो अपलोड गर्दै केन्द्रीय नेताहरूको आँखामा पट्टी बाँध्ने काम गर्न थाले भने गुटलाई सक्रिय बनाएर प्रदेशको सभापति राजेश तिम्सिनालाई निलम्बन गर्न केन्द्रीय अनुशासन आयोगको सहयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीको डन्डा चलाउँदै जान थाले यस क्रममा कमल मैनाली समेतलाई कारबाही गर्न सफल भए । नगरमा हरिमाया अधिकारी दोहोरो नागरिकताको केशमा निलम्बन परेकोलाई आफ्नो गुटका मान्छे भएर निलम्बन फुकुवा सम्म भ्याए । पार्टीको विधान एकातिर अर्कोतिर आफ नै कार्यविधि बनाउँदै केन्द्रको निर्देशन भन्दै आफ्नो विपक्ष बोल्ने जो कोही होस अनुशासनको उलङ्घन भन्दै कारबाहीको प्रक्रिया अगाडि बढाउने क्रममा जिल्ला सभापति जीवन श्रेष्ठ र नगर सभापति विष्णुबहादुर बस्नेत समेत निलम्बनमा परे ।
यसरी एकपक्षीय ढङ्गबाट अगाडि बढ्ने क्रममा इटहरी नगरको वडा अधिवेशनको मिति तोकियो नगर सभापति लगायत केही राम्रा व्यक्तिहरू साथै कारबाहीमा परेका विभिन्न पदमा आसीन व्यक्तित्वहरूले नियमसम्मत नभएको कुरा केन्द्रलाई समय समयमा पत्र मार्फत जानकारी गराउँदा समेत केन्द्रले एकपक्षीय कुरा सुनेर लालविक्रम थापालाई काखी च्याप्ने काम गरियो । नगर, जिल्ला, क्षेत्र, प्रदेश, केन्द्र कुनै पनि निकायले विवाद भएको कुरा समस्या समाधानका लागि बारम्बार राख्दा कहीँ कतैबाट सुनुवाइ हुँदैन भने आफ्नो अस्तित्वको लडाई लड्नका लागि मानिस कहाँ जान्छ ?
तपाईँहरू जान्ने, बुझ्ने, शिक्षित, बौद्धिक व्यक्तित्वहरूले जानकारी गराइदिनु त ? समस्याको समाधान कतै नभएपछि मानिस न्यायका लागि अदालत सम्म पुग्छ । सुनसरीको इटहरी तथा कोश प्रदेशमा भएको घटना यिनै हुन वास्तविकता अब यहाँहरूले आफैँ मुल्याङकन गरिदिनु होला भनी पार्टीबाट अलग भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूको कुरा जस्ताको तस्तै राख्ने प्रयास गरिएको छ ।
लाल विक्रम थापाको नेतृत्वमा गरिएका अराजनीतिक गतिविधीहरुः
क) प्रदेश महामन्त्रीले निलम्बन भएको बखतमा सामाजिक सञ्जालबाट अभिव्यक्त गरेका बेला प्रदेश सभापतिलाई लाञ्छना तथा प्रदेश प्रवक्तालाई तारकेट बनाएर क्रमशः निलम्बन गर्ने काम गरेको ।
ख) प्रदेश महामन्त्रीको निलम्बनको फुकुवा भएपश्चात् स्थानीय स्तरमा सङ्गठन विस्तारको कार्य गरिरहेको भनी केन्द्रलाई तथा इटहरी बासीलाई सङ्गठन विस्तार गरेर कार्यक्रम गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रदेशमा इगो लिएका प्रदेश सभापति र प्रदेश प्रवक्तालाई निलम्बन गरी सदस्यता समेत खोस्ने काम गरेको ।
ग) जिल्लामा सभापति आफ्नो विरुद्धमा लागेको हुँदा जिल्लाका सदस्य तथा उपसभापतिलाई प्रयोग गरेर जिल्ला सभापतिलाई निलम्बन गर्नको लागि केन्द्रमा पत्राचार गरी निलम्बन गर्ने काम गरेको ।
घ) इटहरी उपमहानगरपालिकाको नगर सभापतिसँग छलफलको क्रममा विवाद भएपश्चात् नि.वर्तमान उपसभापति र नगर सचिवको प्रयोग गरेर इटहरी उपमहानगर सभापतिलाई निलम्बन गर्न केन्द्रका अनुशासन आयोग प्रमुखलाई आफ्नो वशमा राखी नगर सभापतिलाई निलम्बन गर्ने काम गरेको ।
ङ) प्रदेशका महामन्त्रीले जनता स्कुलमा भएको भ्रष्टाचारलाई निरूपण गर्नको लागि नगर अधिवेशन छिटो छिटो गरेर नयाँ कार्यसमिति आफ्नै पहलमा आफूले भनेको मान्ने कार्यसमितिको चयन गर्ने गरेको ।
च) इटहरी उपमहानगरपालिका अन्तर्गत जनता माध्यमिक विद्यालयको विवादित विषयलाई ढाकछोप गर्न घरेलुमा गई साझेदारी सनमुन प्लाजालाई आफूले भनेको मान्ने पार्टनरलाई सम्पूर्ण दायित्व हस्तान्तरण गरेको भनी कागजात मिलान गरेर आफ्नै साली पर्ने र आफन्त दुई जना महिला सदस्यलाई सनमुन प्लाजाको सदस्य बनाई गणेश कोइरालाको नाममा सनमुन प्लाजाको कागजी मिलान गरेको । तर हालसम्म पनि जनता स्कुलको भवनबाट मासिक भाडा बुझ्दै आएको अडियो सार्वजनिक भइसकेको ।
छ) प्रदेश महामन्त्रीले जिल्लामा जिल्ला सदस्य तथा नगरमा उपसभापति र सचिवलाई परिचालित गरी विभिन्न कालखण्डमा आफ्ना विरोधीहरूलाई निस्तेज पार्नको लागि विभिन्न तौरतरिका अपनाई समय समयमा विवादमा आइरहनु मुख्य कारण भएको ।
ज) इटहरी उपमहानगरपालिका वडा सभापतिलाई एकजुट हुन नदिन वडा सभापतिलाई आफ्नो पक्षमा रहेकालाई विपक्षीहरूलाई निस्तेज पार्न समयमा अधिवेशन हुन नदिने, बैठकको समय एउटै बनाइदिने आफ्नै मनमा आएको कुरालाई नियम विनियम बनाएर पार्टीको लेटर प्याड प्रयोग गरी केन्द्रको निर्णय वा प्रदेशको निर्णय भनी हैकम जमाउने र सर्कुलर गर्ने काम समेत गरेको ।
झ) इटहरी उपमहानगरपालिको अधिवेशन नजिकिँदै गर्दा हतार हतर हरिमाया अधिकारीलाई निलम्बन फुकुवाको पत्र लेखी इटहरी उपमहानगरपालिकामा भेलाबाट बनेको समितिका उपसभापति इन्दिरा लुइँटेललाई निस्तेज पार्नको लागि इन्दिरा लुइँटेलको अध्यक्षतामा सचिवलाई नगरको बैठक बसी नगर उपसभापति पदमा हरिमाया अधिकारीलाई पुनर्बहाली गरेको ।
ञ) इटहरी उपमहानगरपालिकाको भित्र रहेको ९ वटा वडाहरूले अधिवेशन ७० प्रतिशत नगराई इटहरीको अधिवेशन गर्न असहमतिको पत्राचार केन्द्रमा समेत पठाएर प्रदेशमा समेत जानकारी गराउँदा पनि एकलौटी ढङ्गबाट इटहरीको नगर अधिवेशन प्रक्रिया पुरा नगरीकन अधिवेशन सम्पन्न गराउनु ।
ट) कोसी प्रदेश जस्तो जिम्मेवारीमा रहँदा आफ्नै मनोमानी ढङ्गबाट पार्टीको रसिद छपाई गरी रु १०० को दरले २०,०००।को रसिद छपाई २,००,०००।– (दुई लाख) उठाई आजसम्म हिसाब मिलान नगरेको प्रमाण समेत हुँदा हुँदै केन्द्रले सुनवाइ नगरेको ।
ठ) नगरमा तथा जिल्लामा भएका आम्दानी तथा खर्चको विवरण आजसम्म सार्वजनिक नगरी गुमराहमा राखिएको ।
ड) श्रमदान अभियानका नाममा सदस्यहरूबाट उठाइएको पैसाको हिसाबकिताब नगरले आज सम्म सार्वजनिक नगरेको वा गर्न नलगाइएको ।
त्यस कारण नेपाली जनताहरूको आशा भरोसा तथा नयाँ शक्तिले अबको नेपालको नेतृत्व लिनुपर्दछ । ३३ वर्षमा पुराना दलहरूले गरेको भ्रष्टाचार बेतितीको अन्त्य गर्नुपर्दछ भनी उदाएको नयाँ शक्तिको रूपमा, थोरै समयमा २१ जना सांसद बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको चाहना अनुसार परिवर्तनको संवाहक बोकेका नेपाली जनताको आशा र भरोसा बन्दै गएको पार्टी विश्वास पलाउँदै आएको नेपाली जनताहरूले महसुस गरिरहेको छन् । यसरी राष्ट्रिय स्वतन्त्र पार्टीले अपनाएका मूल्य र मान्यताहरू, लिएको नीति तथा भ्रष्टाचार निर्मूल पार्नुपर्दछ, बेतितीको अन्त्य गर्नुपर्दछ । देश वरवादीको बाटोतिर लम्की रहेको भन्ने कुरा जनजनामा छाएको बेला बाँच्ने आधार हराइसकेको अवस्थामा, अब नयाँ उदाउँदै गरेका युवाले देश सम्हाल्नु पर्दछ। पुरानादलहरुले गरेको गल्ती औलाएर नयाँ युवाहरूले सुधार गर्दै उन्नत, समृद्ध, विकासोन्मुख देश भनेर संसारलाई चिनाइनुपर्दछ । सभापति रवि लामिछाने ज्यूले लिनुभएको सच्चा, सत्मार्ग, न्याय निरूपण हराएको देशलाई मौलाएर सच्चाएर लानुको विकल्प छैन भनी स्थापना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीमा यस किसिमका युवा नेताहरूले गरेको बल मिचाई, गुट उप—गुट गठन गरी एकलौटी ढङ्गबाट अगाडि बढ्ने हो भने नेपाली जनताले के आशा गर्नु र ?

आखिरमा अदालत सम्म पुग्ने वातावरण किन बन्यो ?हालसालै अवैधानिक तरिकाले गरिएको सुनसरीको इटहरी उपमहानगरपालिकोको अधिवेशनमा मै...
11/08/2025

आखिरमा अदालत सम्म पुग्ने वातावरण किन बन्यो ?

हालसालै अवैधानिक तरिकाले गरिएको सुनसरीको इटहरी उपमहानगरपालिकोको अधिवेशनमा मैले बारम्बार रुपमा प्रश्न उठाएको हो । लोकतान्त्रिक नभएको भनि नोट अफ डिसेक्ट लेखिरहदा रहदै इटहरी उपमहानगरको सभापति तथा जिल्लामा रहेका जिल्ला सभापतिलाई निलम्बन गरी कसरी इटहरीको अधिवेशन लोकतान्त्रि बन्न सक्छ ? बिना प्रक्रिया रा.स्व.पाको विधानमा मैले अध्ययन गर्दा ७० प्रतिशत वडा अधिवेशन समाप्त भएपश्चात नगरको अधिवेशन गर्न मिल्छ । भनि उल्लेख भएको थियो । इटहरीको अधिवेशन गर्नको लागि पार्टीले हतार हतारमा कार्यविधी बनाई जति वटा वडा अधिवेशन गरेपनि नगर अधिवेशन गर्न सकिने भनि कार्यविधीलाई समाएर नगरको अधिवेशनको लागि अधिवेशन गर्न पाउँ भनि निवेदन गरियो । लोकतान्त्रिक प्रक्रियामा सबै वडाका सभापतिहरुलाई बैठक बोलाएर माइन्यूटमा हस्ताक्षर गरी नगर अधिवेशन गरिपाँउ भनि निवेदन पेश गर्नुपर्ने होइन र ? प्रक्रियागत रुपमा पार्टीको विधान तथा निती अनुसार वडा अधिवेशन तथा नगर अधिशेन नभएको प्रष्ट छ । केन्द्रले केन्द्रिय अनुगमन समिति बनाएर छानविन गर्ने हो भने दुधको दुध सबै विना प्रकृया ढंगबाट इटहरी नगरको अधिवेशन भएको सप्रमाण सहित भेटिन्छ ।

नगर अधिवेशन गर्नुकाका कारणहरु के के हुन् ?
क) प्रदेश महामन्त्रीले निलम्बन भएको बखतमा समाजिक सञ्जालबाट अभिव्यक्त गरेकाबेला प्रदेश सभापतिलाई लान्छना तथा प्रदेश प्रवत्तालाई तारकेट बनाएर क्रमश निलम्बन गर्ने काम गरेको ।
ख) प्रदेश महामन्त्रीको निलम्बनको फुकुवा भएपश्चात स्थानीय स्तरमा संगठन विस्तारको कार्य गरिरहेको भनि केन्द्रलाई तथा इटहरीबासीलाई संगठन विस्तार गरेर कार्यक्रम गरेको भिडियो सामाजिक संजालमा पोष्ट गर्दै प्रदेशमा इगो लिएका प्रदेश सभापति र प्रदेश प्रवत्तालाई निलम्बन गरी सदस्यता समेत खोस्ने काम गरेको ।
ग) जिल्लामा सभापति आफ्‌नो विरुद्धमा लागेको हुुँदा जिल्लाका सदस्य तथा उपसभापतिलाई प्रयोग गरेर जिल्ला सभापतिलाई निलम्बन गर्नको लागि केन्द्रमा पत्राचार गरी निलम्बन गर्ने काम गरेको ।
घ) इटहरी उपमहानगरपालिकाको नगर सभापतिसँग छलफलको क्रममा विवाद भएपश्चात नि.वर्तमान उपभापति र नगर सचिवको प्रयोग गरेर इटहरी उपमहानगर सभापतिलाई निलम्बन गर्न केन्द्रका अनुशासन आयोग प्रमुखलाई आफ्‌नो वसमा राखी नगरसभापतिलाई निलम्बन गर्ने काम गरेको ।
ङ) प्रदेशका महामन्त्रीले जनता स्कुलमा भएको भ्रष्टचारलाई निरुपण गर्नको लागि नगर अधिवेशन छिटो छिटो गरेर नयाँ कार्यसमिति आफनै पहलमा आफुले भनेको मान्ने कार्यसमितिको चयन गर्ने गरेको ।
च) इटहरी उपमहानगरपालिका अन्तर्गत जनता माध्यमिक विद्यालयको विवादित बिषयलाई ढाकछोप गर्न घरेलुमा गई साझेदारी सनमुन प्लाजालाई आफुले भनेको मान्ने पार्टरलाई सम्पूर्ण दायित्व हस्तान्तरण गरेको भनि कागजात मिलान गरेर आफ्‌नै सालीपर्ने र आफन्त दुई जना महिला सदस्यलाई सनमुन प्लाजाको सदस्य बनाई गणेश कोइरालाको नाममा सनमुन प्लाजाको कागजी मिलान गरेको । तर हालसम्म पनि जनता स्कुलको भवनबाट मासिक भाडा बुझ्‌दै आएको अडियो सार्वजनिक भइसकेको ।
छ) प्रदेश महामन्त्रीले जिल्लामा जिल्ला सदस्य तथा नगरमा उपसभापति र सचिवलाई परिचालित गरी विभिन्न कालखण्डमा आफ्‌ना विरोधीहरुलाई निश्तेज पार्नको लागि विभिन्न तौलतरिका अपनाई समय समयमा विवादमा आइरहनु मुख्य कारण भएको ।
ज) इटहरी उपमहानगरपालिका वडासभापतिलाई एकजुट हुन नदिन वडा सभपातिलाई आफ्‌नो पक्षमा रहेकालाई विपक्षीहरुलाई निश्तेज पार्न समयमा अधिवेशन हुन नदिने, बैठकको समय एउटै बनाइदिने आफ्‌नै मनमा आएको कुरालाई नियम विनियम बनाएर पार्टीको लेटर प्याड प्रयोग गरि केन्द्रको निर्णय वा प्रदेशको निर्णय भनि हैकम जमाउने र सर्कुलर गर्ने काम समेत गरेको ।
झ) इटहरी उपमहानगरपालिको अधिवेशन नजिकिदै गर्दा हतार हतर हरिमाया अधिकारीलाई निलम्बन फुकुवाको पत्र लेखी इटहरी उपमहानगरपालिकामा भेलाबाट बनेको समितिका उपसभापति इन्दिरा लुइटेललाई निस्तेज पार्नको लागि इन्दिरा लुईटेलको अध्यक्षतामा सचिवलाई नगरको बैठक बसी नगर उपसभापति पदमा हरिमाया अधिकारीलाई पुर्नरबहाली गरेको ।
ञ) इटहरी उपमहानगरपालिकाको भित्र रहेको ९ वटा वडाहरुले अधिवेशन ७० प्रतिशत नगराई इटहरीको अधिवेशन गर्न असहमतीको पत्रचार केन्द्रमा समेत पठाएर प्रदेशमा समेत जानकारी गराउँदा पनि एकलौटी ढंगबाट इटहरीको नगर अधिवेशन प्रक्रिया पुरा नगरीकन अधिवेशन सम्पन्न गराउनु ।
ट) कोशी प्रदेश जस्तो जिम्मवारीमा रहदा आफ्‌नै मनोमानाी ढंगबाट पार्टीको रसिद छपाई गरी रु १०० को दरले २०,०००।को रसिद छपाई २,००,०००।– (दुई लाख) उठाई आजसम्म हिसाब मिलान नगरेको प्रमाण समेत हुँदा हुँदै केन्द्रले सुनवाई नगरेको ।
ठ) नगरमा तथा जिल्लामा भएका आम्दानी तथा खर्चको विवरण आजसम्म सार्वजनिक नगरी गुमराहमा राखिएको ।
ड) श्रम अभियानका नाममा सदस्यहरुबाट उठाइएको पैसाको हिसाबकिताव नगरले आज सम्म सार्वजनिक नगरेको वा गर्न नलगाईएको ।

कोशी प्रदेशले मनोमानी ढंंगबाट संचालन गरेको
यसरी कोशी प्रदेश महामन्त्रीले आफुखुशी रुपमा पार्टीलाई संचालन गर्दा समेत केन्द्र मुखदर्शक भएर बस्नु पार्टीको हितमा नरहेको स्पष्ट हुन आउछ । समय समयमा पार्टीमा भएका समस्या तथा विवादहरुलाई प्रदेशका महामन्त्री लगायत अनुशासन विभाग हुँदै केन्द्रका का.वा. सभापति तथा अन्य नेतागढहरुलाई व्यक्तिगत रुपमा तथा सामुहिक रुपमा जानकारी गराउदा समेत एकपक्षिय, एकलौटी, पार्टीको विधान तथा निति विपरीत गई आफ्‌नै कार्यविधि बनाई आफ्‌नै ऐन नियम लागु गर्दा समेत केन्द्रिय नेताहरुले सुनवाई गर्न नक्सनु पार्टीको भविष्य उज्वल नरहेको देखिन्छ । लोकतन्त्रको मान्यता विपरित गई राणा शैलीमा अलोकतान्त्रिक प्रवृत्तिलाई लागु गर्नु नेपाली जनतालाई भुल गरेको ठगेको हुन आउँदा पार्टी भित्र रहेको वेथिति तथा अन्याय विसंगतीलाई सफा गर्नुपर्दछ तब मात्र अन्य पार्टीहरुलाई आरोप प्रत्यारोप गर्न सहज हुन्छ भन्ने मान्यताका साथ अगी बढ्ने सच्चा इमान्दार व्यक्तिहरुमा नैराश्यता छाएको छ ।

नेपाली जनताहरुको आशा भरोसा तथा नयाँ शक्तिले अबको नेपालकोको नेतृत्व लिनुपर्दछ । ३३ बर्षमा पुराना दलहरुले गरेको भ्रष्टचार वेथितिले जगडेको समयमा थोरै समयमामा मौलाएको पार्टीले जनताको चाहना अनुरुप केही परिवर्तनको चाहना बोकेका नेपाली जनताको आशा र भरोसो हट्दै गएको भान भइरहेको महसुस गरिरहेको छु । राष्ट्रिय स्वतन्त्र पार्टीले अपनाएका मुल्य र मान्यताहरुलाई लिएका निती तथा भ्रष्टचार निर्मुल पार्नुपर्दछ, वेथितिको अन्त्य गर्नुपर्दछ । देश ववार्द भइसकेको छ । जनजनमा बाँच्ने आधार हराइसकेको अवस्थामा अब युवाले देश सम्हाल्नु पर्दछ। पुरानादलहरुले गरेको गल्तीलाई औलाएर उन्नत समृद्ध विकासन्मुख देश भनेर संसारलाई चिनानुपर्दछ भनि सभापति रवि लामिछाने ज्यूले लिनुभएको सच्चा, सत्मार्ग, न्याय निरुपण हराएको देशलाई मौलाएर सच्चाएर लानुको विकल्प छैन भनि स्थापना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीमा यस किसिमका युवा नेताहरुले गरेको बल मिचाई, गुट उपगुट गठन गरि एकलौटी ढंगबाट अगाडि बढ्ने हो भने नेपाली जनताले के आशा गर्नु र ?

त्यसकारण यस बिषयमा गभ्भिर केन्द्रिय निकायमा रहनु भएका केन्द्रिय नेताहरुले घनिबुत रुपमा छलफल गरी जुन प्रदेशमा देखिएका समस्याहरुलाई तुरुन्तै समाधान नगर्ने हो भने दिन प्रतिदिन समस्या गाज्ने नै देखिन्छ। फलस्वरुप पुनारा दलहरु जस्तै लाईनमा हुनेछ । तत्काल देखिएका समस्याहरुलाई समाधान तथा सम्बोधन गर्दै लाने काम गरियोस् । कोशी प्रदेशका महामन्त्री जस्तो युवा होइन राम्रा शैक्षिक, बौदिकता भएका व्यक्तित्वहरुलाई प्रश्रय दिदै इटहरी उपमहानगरपालिकामा स्थायी बसोबास गर्नुहुने व्यक्तिहरुलाई पदिय जिम्मेवार दिदै अगाडि बढ्न अनुरोध समेत गर्दछु । भने लालविक्रम थापा जस्ता व्यक्तिहरुलाई पार्टीले अख्तियारमा मुद्दा लागीरहेको व्यक्तिलाई बचाउने जस्तो किसिमको केन्द्रीय समितिले गरेको छ । यसले आउँदै गरेको ८४ सालको चुनावमा पक्कै पनि खाली हात हुने कुरामा दुईमत नरहेको कुरा समेत राख्न चाहन्छु।

03/08/2025

*राष्ट्रिय स्वतन्त्र पार्टीको नगरसभापतिको भनाइ विस्तृत रुपमा राखिएको जानकारी जस्ताको तस्तै
🙏मैले रास्वपा इटहरीको नेतृत्व सम्हाल्दै गर्दा पार्टी भित्रका साथीहरूले गरेका बेथिति र गुटबन्दी चरम उत्कर्षमा पुगेको थियो । पार्टी गठन भएको केही समय पछिनै कोशी प्रदेशको बिशेष गरि इटहरीमा उधोग बाणिज्य संघको चुनावको बिषयमा होस वा जनता क्याम्पस व्यवस्थापन समितिको बिषयमा पार्टी भित्र भएको आन्तरिक विवाद छताछुल्ल भएको कुरा प्राय सबैलाई अवगतनै छ। त्यसपछि नगर पालिकाले बढाएको करको बिरोधमा करिब ५८ दिन सम्म भएको बिरोध कार्यक्रमलाई सबैको सल्लाह बमोजिम नै तत्कालीन कोशी प्रदेश प्रवक्ताले समापन गरेकोमा त्यसको भोलिपल्ट फेरि प्रदेश महामन्त्री लालबिक्रम थापाले बिरेन्द्र चोक परिक्रमा गराएर कार्यक्रम समापन गरेर देखाएको जगजाहेर नै छ । हेर्दा बिषय सामान्य लागेतापनी
यी तमाम कुरालाई मैले सुक्ष्म रुपमा अध्ययन गरिरहे तर रास्वपाको जन्म के का लागि भएको थियोे ? यिनीहरू के गर्दैछन् भन्ने कुरानै बाझिएको अबस्था स्पष्ट देखिन्थ्यो । पार्टीमा जोडिएका साथीहरूले सहि नेतृत्व पाएका थिएनन् त्यसले गर्दा तत्काल जोडिएका नेताहरूले जसरी डोर्‍याएर लगे साथीहरू त्यसरीनै हिड्नु भयो ।नेताले पार्टीको उदेश्य अनुरुप भन्दा पनि आफू अनुकुल संगठन निर्माण गर्न होैसिए अनि आफुलाई देवत्वकरण गर्दै हिड्न थाले, कसैले आफुमाथी प्रश्नचिह्न खडा गरे आफ्नो गल्तीलाई ढाकछोप गर्न विभिन्न वाहानामा कार्वाही गराउने सम्मको गुट उपगुट गर्दै गराउदै संगठन बिस्तारको नाममा राजनिती गर्न थालियो। पार्टी भनेको सामुहिक निर्णय गर्ने थलो, सहकार्य, सहयात्रा, सहअस्तित्व, हृदय बाटै समाबेशी र समभाव बाट चल्ने सँस्कार र सँस्कृति बोकेको सामुहिक उद्वेश्य प्राप्ति गर्न बिकाश गरिएको राजनितिक पद्वति हो भन्ने कुरा नेताहरुले आफ्ना मतहतका साथी सहकर्मी हरुलाई कहिल्यै पनि बुझाउने कोशिस गरेनन र हामीले पनि कस‌ै गरि कसैको दिमागमा छिराउन सकेनौ।
परिणामस्वरूप नेतागण भनाउदाहरुले जसरि हुन्छ पार्टि आफु अनुकुल, आफु निकटहरुले भरिएको र आफ्नै नेतृत्वमा हुनु पर्ने मान्यता रहेको पाइयो। आफू स्वयँ नेतृत्वमा पुगौं भन्नु अस्वभाबिक कुरा होईन तर त्यहाँ कुन तरिका बाट पुग्न कोशिष गरिन्छ भन्ने कुराले महत्व राखेको हुन्छ। स्वस्थ प्रतिस्पर्धा, क्षमता र योग्यता प्रदर्शन गरिनुका साथै राजनितिक भिजनमा प्रतिस्पर्धा गरेर अगाडि आउनु पर्नेमा आफ्न‌ै सहकर्मिहरुलाई निषेध गरेर,आन्तरिक लोकतान्त्रिक पद्धतिको उपहास गरेर अधिबेशनमा कुनै पनि तवरबाट सहभागी हुन नपाउने अलोकतान्त्रिक कदम चालेर,नयाँ जोडिएका सक्षम साथीहरूलाई प्रतिस्पर्धामा आउन रोक लगाएर आफ्ना नजिककालाई पदमा आसिन गराउन रचिएको इटहरी नगर अधिबेशन नयाँ भनिएको पुर्ण लोकतान्त्रिक पार्टीको लागि दुर्भाग्यपूर्ण छ। म, बिष्णु बहादुर बस्नेत रास्वपा इटहरी उपमहानगर पालिकाको नगर सभपतीको मर्यादामै रहेको बखत राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशको महामन्त्री पदमा आसिन इटहरी निवासी लालबिक्रम थापाले श्री जनता माध्यमिक बिद्यालयको सार्वजनिक सम्पत्ति ७४ लाख भन्दा बढी दुरुपयोग, अपचलन गरेको बिषय बिद्यालयको बाह्य लेखा परीक्षणमार्फत सार्वजानिक भएपछी सो बिषयको सत्य तथ्य बुझ्ने क्रममा सत्य तथ्री बुझी प्रमाण सहित निज थापा माथी उठेको बिषय उपर आवश्यक छानबिन गर्न केन्द्रीय पार्टी कार्यालयमा लिखित जानकारी गराएको थिए अपचलन गरेको प्रमाण कपी त्यो बिद्यालयले लिखित रुपमै उपलब्ध गराएको थियोे । बिडम्बना राज्यमा सुशासन कायम गर्ने भनी उदघोश गर्ने हाम्रो पार्टीको केन्द्रिय नेतृत्वले हाम्रो अपेक्षा बिपरित छानबिन त परै जाओस् सत्य तथ्य पनि बुझ्ने प्रयास गरेन। मैले स्पस्ट रुपमा नेतृत्वलाई म इटहरीको नेतृत्वमा फेरि नदोहोर्‍याउने प्रतिबद्धता गरिसकेको थिए तैपनी उल्टै मलाई निलम्बन गराएर इटहरीको अधिबेशनमा रोक्ने प्रपंच रचियो, बाटो छेकियो। नयाँ सम्भावना भएका साथिहरुलाई समेत ब्यक्ति केन्द्रित कार्यबिधी बनाएर बाटो छेक्नै प्रयास गरियो। यी र यस्ताखाले प्रबृत्तिले पार्टी कालान्तरमा गएर सुसँस्कृत र शभ्य बन्न बनाउन असम्भवप्राय छ।
सबैमा हेक्का रहोस गलत अभ्यास र गलत परम्परा, संस्कृतिले ल्याउने परिणाम गलत नै हुन्छ। अन्त्यमा, योजनाबद्ध ढंगबाट आफू अनुकूल अधिबेशन नामक कार्यक्रमबाट स्वघोषित भएका साथीहरूले इटहरी जनता स्कुलसंग आफ्नै प्रदेश नेता जोडिएको विवादास्पद बिषयलाई कसरी जनता माझ प्रस्तुत गर्दछन त्यसपछि मात्रै अगाडिको बाटो तय हुने देखिन्छ । सम्पुर्ण साथीहरूले मैले नगर नेतृत्व गर्दा गर्नुभएको साथ सहयोग प्रति आभार प्रकट गर्दै हृदय देखि धन्यवाद दिन चहान्छु। नमस्कार 🙏 साभार गरिएको

02/08/2025
हामी के गर्दैनौं
02/08/2025

हामी के गर्दैनौं

Address

Itahari
Itahari
025

Alerts

Be the first to know and let us send you an email when DMN Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share