03/09/2025
जानेर होइन, जान्ने बन्ने लक्ष्यका साथ मैले चिया जगतमा पाइला टेकेको हुँ।
सिक्ने, बुझ्ने र आत्मसात् गर्ने यात्रा निरन्तर जारी रहनेछ।
जीवनभर नयाँ ज्ञान, सीप र अनुभव संकलन गर्नु नै मेरो मूल ध्येय हो।
भोजपुरको चिया जगतमा नयाँ परिवर्तन, नयाँ सम्भावना र नयाँ दृष्टिकोण ल्याउने जोश, जागर र उत्साह सदैव जोगाइराख्नेछु।
यही यात्राको अर्को चरणमा—चिया सम्बन्धी अनुभव, ज्ञान र नवीन सोचको खोजीमा—म चीनतर्फ प्रस्थान गरेको छु।