30/08/2026
यो पालीको नेपथ्यको कन्सर्ट हेर्नुको साथै नेपालमा भएको बिपत्तिमा पनि टिकट लिएर सहयोग पुर्याइदिनु हुन अनुरोध गर्दछु। Gimpo वरपरको साथीहरूलाई टिकट लिनुपरेमा RAJ INDIAN & NEPALI RESTURANT GURE मा सम्पर्क गर्नु हुन अनुरोध गर्दछु।
बाढीपहिरो पीडितका लागि नेपथ्यको कोरिया कन्सर्ट आयोजकको १ लाख ५० हजार सहयोग, प्रत्येक टिकटबाट थप १,००० वन छुट्याइने😍🇰🇷
नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपालीहरूको राहत तथा सहयोगका लागि ‘नेपथ्य लाइभ इन सउल २०२६’ का आयोजकले मानवीय सहयोगको घोषणा गरेका छन्।
आयोजकका अनुसार बाढीपहिरो पीडितहरूको राहतका लागि आयोजकको तर्फबाट नेपाली रुपैयाँ १ लाख ५० हजार सहयोग गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, राहत कार्यमा थप योगदान पुर्याउने उद्देश्यले कन्सर्टमा बिक्री हुने प्रत्येक टिकटबाट १,००० वन छुट्याएर बाढीपहिरो तथा पहिरोबाट प्रभावित पीडितहरूका लागि सहयोग गर्ने निर्णयसमेत गरिएको आयोजकले जनाएको छ।
संगीत र मनोरञ्जनलाई मानवीय सेवासँग जोड्दै विपद्को कठिन समयमा स्वदेशमा रहेका पीडित नेपालीहरूप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले यो पहल गरिएको आयोजकको भनाइ छ।
आयोजकले कन्सर्टमा सहभागी हुने दर्शकहरूको सहभागितालाई केवल सांगीतिक मनोरञ्जनमा सीमित नराखी नेपालका बाढीपहिरो पीडित परिवारलाई सहयोग गर्ने अवसरका रूपमा समेत जोड्न खोजिएको बताएका छन्।
यस पहलबाट संकलित रकम सम्बन्धित पीडित तथा प्रभावितहरूको राहतका लागि प्रयोग गरिने बताइएको छ। विपद्को समयमा दक्षिण कोरियालगायत विदेशमा रहेका नेपाली समुदायबाट राहत तथा सहयोग जुटिरहेको अवस्थामा नेपथ्य कन्सर्ट आयोजकको यो पहलले पनि सामाजिक उत्तरदायित्व र मानवीय एकताको सन्देश दिएको छ।
‘नेपथ्य लाइभ इन सउल २०२६’ आगामी सेप्टेम्बर २५ तारिख दक्षिण कोरियाको सउलमा आयोजना हुँदैछ।