28/04/2024
ध्यानको परिचय।
ध्यान भनेको के हो?
भगवान् बुद्धको उपदेशानुसार ध्यानमा बस्नु भनेको आफ्नो मनलाई शुद्ध तथा परिशुद्ध पार्ने काम हो। ध्यानमा बस्नाले मन नियन्त्रित हुन्छ र यसले मनलाई एकाग्र बनाउंछ। मनमा आउने लोभ, रिस, घृणा, ईर्ष्याजस्ता थरी-थरीका विकारहरूलाई पन्छाएर शुद्ध पार्ने विधि नै ध्यान हो।
ध्यान कसरी बस्ने?
ध्यान बस्ने ठाउॅं शान्तमय हुनुपर्छ। ध्यानमा बस्दा आफूलाई जसरी सजिलो हुन्छ त्यसरी पलेटी कसेर बस्नुपर्छ। ढाड अर्थात् मेरूदण्ड सोझो सीधा पारेर आंखा बन्द गरेर बस्नुपर्छ। त्यसपछि स्वास भित्र आएको र बाहिर गएको अर्थात् स्वास-क्रियामा ध्यान दिनुपर्छ। छिन छिनमा ध्यानमा बसेकामानिसको मन अन्यत्र लाग्न सक्छ त्यसो भयो भने फेरि फेरि स्वास प्रश्वास क्रियामै ध्यान केन्द्रित गर्नुपर्छ। यसरी पटक पटक प्रयास गरेपछि स्वास प्रश्वास क्रियामा एकाग्र हुन थाल्छ। ध्यान गर्ने यस क्रियाले ध्यानमा बस्ने मानिसको मन निर्मल, पवित्र र शुद्ध हुनेछ।
किन ध्यान बस्नुपर्छ?
मानिसको मन नै प्रमुख हो। मानिसले राम्रो वा नराम्रो जुनसुकै काम रे पनि सबभन्दा पहिले त्यो काम मनबाट नै शुरू हुन्छ। त्यसैले मनलाई शुद्ध तथा परिशुद्ध राख्नु अत्यन्त जरूरी छ। यो काम ध्यानमा बस्नाले सम्भव हुन्छ। ध्यानमा बस्नाले स्मरण शक्ति पनि दृढ हुंदै आउॅंछ। ध्यानले हामी विधार्थीहरूलाई आफ्नो पढाइमा र विविधकार्यमा एकाग्र हुन मद्दत गर्छ। ध्यान बस्नाले हाम्रा सबै व्यवस्थित, प्रभावकारी हुन थाल्छन् र हामी सफल हुन्छौ।
परियत्ति शिक्षा भाग १ बात साभार।
Introduction to meditation.
What is meditation?
According to the teachings of Lord Buddha, sitting in meditation means purifying and purifying your mind. Meditation controls the mind and it concentrates the mind. Meditation is the method to remove all sorts of disorders like greed, anger, hatred, jealousy and so on.
How to meditate?
The place of meditation should be peaceful. While sitting in meditation, sit as comfortably as possible. You should sit with your back straight and your eyes closed. Then attention should be paid to the coming in and going out of breath, i.e. breath-action. At times, the mind of a person who is meditating may wander, if that happens, he should focus on breathing again. After repeated attempts like this, one begins to concentrate on the act of breathing. By this act of meditation, the mind of the meditator will become pure, pure and pure.
Why should you meditate?
The human mind is the key. No matter what a person does, good or bad, it first starts from the mind. Therefore, it is very important to keep the mind clean and pure. This work is possible through meditation. Meditation also strengthens memory. Meditation helps us students to concentrate on their studies and multitasking. By meditating, all of us become organized, efficient and we become successful.
Pariyatti Shiksha part 1 talk.